पोखरामा तीन जना लागूऔषधसहित प्रकाउ

पाेखरा | मंसिर ४, २०८०

पोखरामा तीन जना लागूऔषधसहित प्रकाउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखाले तीन जनालाई ८ सय १२ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले पोखरा महानगरपालिका–८ आलुमाइला चोक स्थित सडकमा शंकास्पद अवस्थामा हिडिरहेका २३ वर्षीय जिवन बि.क.लाई चेकजाँच गर्ने क्रममा ५ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषध बरामद गरेपछि अनुसन्धान गर्दै जाँदा प्रविण पौडेलको साथबाट ५०७ चक्की र कुशल विक्रम खाँण ठकुरीको साथबाट लागू औषध नाईट्रोभ्याट ३०० चक्की बरामद गरेको हो । 


प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधमुद्धामा दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्